राष्ट्रिय समाचार

दुई महिनासम्म काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौंका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई प्रदर्शन, धर्ना, जुलुस विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । 

विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनी जस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विराेधका कार्यक्रमहरू निषेध गर्न शुक्रबार आदेश जारी गरेका हुन् ।  

बिज्ञापन

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम शीतलनिवासलगायत क्षेत्रहरूमा कात्तिक १ गतेदेखि लागू हुने गरी दुई महिनासम्मका लागि प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हाे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।