महाकाली नदीमा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला

कञ्चनपुर। महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला परेको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान फेला परेको हो ।
बिहीबार बिहान ७ः४५ बजेको समयमा दोधारा चाँदनी नगरपालिका–४ का स्थानीय दीपक नाथले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताउनुभयो । उहाँका अनुसार, मृतकका परिवारलाई शव बुझाइएको छ । गत ९ गते दिउँसो साथीहरूसँग महाकाली नदीमा पौडी खेल्न गएका रोशन बेला बेपत्ता भएका थिए । रोशनको खोजिएका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना लगायतले केही दिन महाकाली नदिनमा खोजी गरेको थियो, तर भेट्टाउन भने सकेन ।
मृतक दमाईको शव घटना स्थलभन्दा तीन किलोमिटर दक्षिण तर्फ मालिका सामुदायिक वन नजिक महाकाली किनारामा फेला परेको प्रनाउ बोहराले बताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
