सुदूरपश्चिम प्रदेश

सामाजिक उत्तरदायित्वमा सक्रिय सत्ती प्रहरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सत्ती । सामाजिक उत्तदायित्व बमोजिम प्रहरी चौकी सत्तीका प्रहरीहरूले सत्ती बजार र खैरिपुरस्थित प्रहरी पोस्ट नजिकै व्यापक सरसफाइ अभियान संचालन गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

ऐतिहासिक पद्मप्रकाशेश्वर मन्दिरमा दर्शनार्थीहरूको दैनिक आवागमन र बजारको समग्र सौन्दर्यमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै चोक–चोकमा सरसफाइ गरिएको प्रहरी चौकी सत्तीका नयाँ इन्चार्ज, प्रहरी नायब निरीक्षक सुशील चन्द ठकुरीले जानकारी दिनुभयो। उहाँले सबै नागरिकहरू सरसफाइप्रति सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

लोक कल्याणकारी विज्ञापन

अपराध अनुसन्धानमा दखल राख्ने ठकुरी अहिले सत्ती क्षेत्रमा सुरक्षाको जिम्मेवारी सम्हालिरहनु भएको छ। भारतसँग सीमा जोडिएको साबिक धनसिहंपुर र नारायणपुर क्षेत्र, खक्रौला भन्सारमार्ग हुँदै हुने सामग्री आवत–जावत, हुलाकी मार्गको चहल–पहल—यी सबै कारणले यो क्षेत्र सुरक्षा दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। त्यसैले प्रहरी सधैं सतर्क र जिम्मेवारीपूर्वक खटिने उहाँको प्रतिबद्धता छ।केही महिना अघि दिनदहाडै भएको चोरी र युवामाझ घटेको खुकुरी प्रकरणलाई आफूले गम्भीरतापूर्वक लिएको ठकुरीको भनाइ छ। अपराध नियन्त्रण र शान्ति–सुरक्षालाई सर्वोपरि राखेर प्रहरी सक्रिय रूपमा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो।

बिज्ञापन

ऐतिहासिक पद्मप्रकाशेश्वर मन्दिर, पुरानो गल्ला मण्डीसहितको जीवन्त सत्ती बजार, बेतबाँसका लागि चिनिने सत्ती कर्णाली सामुदायिक वन, व्यस्त हुलाकी मार्ग र खक्रौला भन्सार—यी सबै कारणले सत्ती क्षेत्र सांस्कृतिक, आर्थिक र भौगोलिक रूपमा महत्वपूर्ण मानिन्छ। 

सत्ती क्षेत्रको समृद्धि, सुरक्षा र सौन्दर्यका लागि प्रहरीको यस्तो पहल प्रेरणादायी बनेको छ, जसले नागरिक र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन