अवर्गीकृत

महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु-छोरीले दिए ज्यान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad
Citizenship discrimination against women: The state did not provide justice, the father and daughter gave their lives

यो घटना राज्यको वर्षौं लामो अन्यायको शृंखलाले निम्त्याएको थियो । विपन्न र भुइँ तहका नागरिक न्याय खोज्दाखोज्दै कसरी जीवनदेखि नै हार मान्ने अवस्थामा पुग्छन् प्रतिनिधि दृष्टान्त पनि हो यो ।

बर्दिया — बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी फुलानी थारू दोहोरो शोकमा छिन् । उनकी २२ वर्षीया छोरी अञ्जुले गत २२ कात्तिकमा घरमै आत्महत्या गरिन् । चौथो दिन श्रीमान् ६१ वर्षीय कान्छा थारूले पनि छोरीको मृत्युको शोकमा त्यही बाटो पछ्याए । अब अञ्जुकी ७ वर्षीया छोरीको सम्पूर्ण जिम्मेवारी कसरी सम्हाल्ने भन्ने चिन्तामा छिन् फुलानी । 

बिज्ञापन

बाबु–छोरीको आत्महत्या कुनै आवेगप्रेरित घटना थिएन । बरु यो घटना राज्यको वर्षौं लामो अन्यायको शृंखलाले निम्त्याएको थियो । विपन्न र भुइँ तहका नागरिक न्याय खोज्दाखोज्दै कसरी जीवनदेखि नै हार मान्ने अवस्थामा पुग्छन् प्रतिनिधि दृष्टान्त पनि हो यो ।

अञ्जु र कान्छा आत्महत्या गर्न किन बाध्य भए भनेर बुझ्न ८ वर्षअघि पुग्नुपर्छ । त्यतिबेला अञ्जु १५ वर्षकी थिइन् । एक दिन उनी गर्भवती भएको खबर गाउँमा फैलियो । सोधीखोजीपछि थाहा भयो, यो गर्भ छिमेकी गाउँका अनिल थारूसँगको प्रेम सम्बन्धबाट सिर्जना भएको हो । पञ्चायती बस्यो । त्यसपछि अनिलले अञ्जुलाई मन्दिरमा लगे, सिन्दुर हालेर घर भित्र्याए । २४ मंसिर २०७५ मा अञ्जुले छोरी जन्माइन् ।

छोरी जन्मेपछि अञ्जु र अनिलबीच खटपट सुरु भयो । सम्बन्ध बिग्रँदै गएपछि १४ पुस २०७६ मा अञ्जु माइत फर्किइन् । अनिलले वास्ता नगरेपछि अञ्जु ८ माघ २०७६ मा अंशको माग गर्दै जिल्ला अदालत बर्दिया पुगिन् । तर अनिलले अञ्जुबाट जन्मिएको सन्तान आफ्नी छोरी नभएको जिकिर गरे । अदालतले दुवै जनाको उमेर नपुगी विवाह भए पनि कोही कसैबाट उजुरी नपरेको भन्दै विवाह बदर गरेन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।