नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको १२औं वार्षिक साधारण सभा सम्पन्न

टीकापुर । नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको १२औं वार्षिक साधारण सभा गत शनिबार सम्पन्न भएको छ ।
सहकारीमा ३९९ जना शेर सदस्य रहेका छन् भने १ करोड ३७ लाख ४९ हजार ९ सय रहेको छ भने २०८१\०८२ मा ६ लाख १४ हजार ६९० रुपैयाँ नाफा गर्न सफल भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष मोहन विकले एकका लागि सबै, सबैका लागि एक भन्ने भावनाले सहकारीले काम गरिरहेको बताउनुभयो । उहाँले सहकारीले जिविकोपार्जनको क्षेत्र र शेयर सदस्यहरुको आयआर्जन वृद्धिका लागि काम गर्न अनुरोध गर्नुभयो ।
उहाँले पछिल्लो समयमा सहकारी नागरिक सँगको विश्वास घट्दै गइरहेकाले खराब कर्जालाई असल कर्जामा परिणत गर्नुपर्ने बताउदै, सहकारीहरुले घरघरमा बचत संकलन गर्न र वैकल्पिक कार्यको थालनी गर्न सकेको खण्डमा सहकारीको उन्नति प्रगति हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष भगवतीदास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गजेन्द्रबहादुर शाह, शिक्षक गणेश ओझा, हरियाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक धनबहादुर बुढा, पत्रकार झलनाथ खनाल, समाजसेवी देवबहादुर सुनार, दाताराम ओझा र मथुरा रावल लगायतले बोल्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

