नारायणपुरको लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न, सहकारी कार्यालय बनाउन नगर पालिकाले सघाउने

नारायणपुर (चौराह) । लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था टीकापुर ६ नारायणपुरको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले आर्थिक वर्ष २०८१\०८२ मा ९० लाख ५३ हजार ४ सय ७६ रुपैया खुद नाफा कमाएको छ ।
संस्थाका अध्यक्ष कपुरसिँह कडायतको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले नेतृत्व सक्षम भए राम्रो गर्न सकिन्छ भन्ने उदाहरण लक्ष्मी नारायण सहकारी भएको बताउनुभयो । उहाँले देशमा राम्रो काम नभएकोले जेन्जी आन्दोलन भएको बताउँदै अब प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको अधुरो कार्यालय बनाउन पालिकाले सघाउने बताउनुभयो ।
वि.सं. २०६५ सालमा स्थापना भएको सहकारीमा १ हजार ३ सय ९१ शेयर सदस्य छन् । सहकारीमा बचतकर्ता ४ हजार १ सय ९३ रहेका छन् । सहकारीको शेयर पुजि १ करोड ३० लाख ५० हजार २५०, सहकारीको निक्षेप रकम ११ करोड ३ लाख ९ हजार १३० रहेको छ । सहकारीले मलखाद वितरणका लागि यस वर्ष शेयर सदस्य किसानलाई कार्ड वितरण गरेको छ ।
सुदूरका ९ जिल्लामा सर्वोत्कृष्ट सहकारी संस्थाको पुरस्कार पाएको खुशी बाड्दै अध्यक्ष कपुरसिंह कडायतले सहकारीले सुत्केरी भत्ता, पोषण भत्ता उपलब्ध गराउनुका साथै विभिन्न सामाजिक कार्य र विकास निर्माणका कार्यमा खर्च गर्ने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा ६ नं. का वडाध्यक्ष बलिराम चौधरीले सहकारीले साथ दिएमा वडाले सहकार्य गरेर कृषि प्राविधिक सेवा दिन सकिने बताउनुभयो ।
कार्यक्रममा ८ नं. का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले सहकारी अब्बल रुपमा स्थापित भएको बताउँदै सहकारी फस्टाउदा मानिसको जीवनमा पनि आर्थिक गतिविधि बढाएको बताउनुभयो ।
४ नं. का वडाध्यक्ष लालविर चौधरीले संस्थाले यस क्षेत्रमा गरेका कार्य प्रशसनिय रहेको बताउँदै स्थानीय सरकारको ध्यान नगएको ठाउमा संस्थाले गरेका कार्यको सह्राना गर्नुभयो ।
कार्यक्रममा नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिरसिंह कडायतले सुदुरमै पुरस्कृत भएकोमा धन्यवाद दिदै शेयर धनीका आवश्यकता पूरा गर्न गरेको प्रयास राम्रो भएको बताउनुभयो । कृषि पेशा र किसानको आयस्रोत बढाउन मल खादको व्यवस्था गर्नु राम्रो भएको बताउदै किसानका लागि कृषि जेटिएको व्यवस्था गर्न सके राम्रो हुनेमा जोड दिनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
