गोवाको एक नाइट क्लबमा आगलागी, पाँच नेपाली सहित २६ जनाको मृ*त्यु भएको आशंका

गोवा । गोवामा रहेकाे एक चर्चित नाइट क्लबमा भएको भीषण आगलागीले ठूलो जनधनको क्षति पुर्याएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट भएपछि आगो फैलिँदै गएर पाँच नेपाली सहित २६ जनाको मृत्यु भएको आशंका गरिएको छ । मृत्य भएका नेपालीहरुको सनाखत भइरहेको हाम्रा संवादाताले जनाएका छन् ।
तटीय क्षेत्रमा अवस्थित सो क्लब राति निकै भीड हुने स्थान मानिन्थ्यो। आगलागीका कारण ज्यान गुमाउनेमध्ये अधिकांश त्यहीँ काम गर्ने कर्मचारी भएको र केही विदेशी तथा भारतीय पर्यटक पनि परेको बताइएको छ।

शनिबार मध्यराततिर क्लब सञ्चालन भइरहेका बेला अचानक भान्साबाट तेज आवाजसँगै आगो भडकिएको प्रहरीले जनाएको छ। प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगो लागेको हो। घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले सबैभन्दा धेरै शव भान्सा क्षेत्र र त्यस वरपरबाट संकलन गरेको बताएका छन्।
आगो नियन्त्रणमा लिन केही घण्टा लागेको र क्लबमा रहेका सामग्री अत्यधिक ज्वलनशील भएकाले आगो झन् फैलिएको स्थानीय अधिकारीको भनाइ छ। घटनापछि प्रहरीद्वारा थप अनुसन्धान सुरू भएको छ भने सुरक्षा मापदण्डबारे पनि प्रश्न उठ्न थालेका छन्। गोवाका पर्यटकीय क्षेत्रमा भइरहेका नाइट क्लबहरूको सुरक्षा अवस्थामाथि यस घटनाले गम्भीर चर्चा सुरु गरेको जनाइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
