मनोरञ्न

‘बिग बोस १९’को विजेता गौरव खन्ना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई । भारतीय रियालिटी शो ‘बिग बोस १९’को विजेता गौरव खन्ना हुनुभएको छ । यस्तै, फरहाना भट्ट उपविजेता हुनुभयो । अमाल मलिक पाँचौं, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहनुभयो । ग्राण्ड फिनाले आइतबार मुम्बईमा भएको थियो ।

लोक कल्याणकारी विज्ञापन

विजेता गौरव खन्ना अभिनेता हुनुहुन्छ जसले ‘सिआईडी’ र ‘अनुपमा’ जस्ता सिरियलमा अभिनय गर्नुभएको छ । गौरवले बिग बोस ट्रफी र भारू ५० लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

लोक कल्याणकारी विज्ञापन

फिनालेमा कार्तिक आर्यन, अनन्या पाण्डे, अरमान मलिक र करण कुन्द्रा जस्ता धेरै स्टारहरू पुग्नुभएको थियो । भोजपुरी सुपरस्टार पवन सिंह पनि फिनालेमा उपस्थित हुनुहुन्थ्यो । उहाँलाई लरेन्स गिरोहबाट कार्यक्रममा उपस्थित नहुन धम्की आएको थियो, तर उहाँले यसको बाबजुद पनि उपस्थित हुनुभएको थियो ।

बिज्ञापन

यसैबीच, शोको क्रममा धर्मेन्द्रलाई सम्झँदा सलमान खान भावुक हुनुभएको थियो । बिग बोसको यो सिजन अगस्ट २४ मा सुरु भएको थियो । यस सिजनमा कुल १८ प्रतियोगीले भाग लिएका थिए ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/12/400860/

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन