घटना

भालुको आक्रमणबाट दुई जना गम्भीर घा*इते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रसुवा, मंसिर २२ गते । रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका –५ खाल्चेतका मानबहादुर थिङलाई जङ्गली भालुले आक्रमण गरेको थियो ।

लाङटाट राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठका अनुसार थिङ जिवजिवेबाट खाल्चेततर्फ जाँदैगर्दा जङ्गली भालुले आक्रमण गरेको थियो । दुवै जनाको शरीरभरि चोटपटक लागेको श्रेष्ठले जानकारी दिनुभयो ।

बिज्ञापन

गजुरेलको घाँटी, टाउको र कानमा गम्भीर चोट लागेको छ भने थिङको शरीरभरि चोटपटक रहेको छ । दुवैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्थानीयवासीले वन्यजन्तुको गतिविधि बढ्दै गएपछि वडामा जोखिम बढिरहेको बताउँदै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।