कृषि

टीकापुर लगाएत कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीमा यस वर्ष ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको हो ।

लोक कल्याणकारी विज्ञापन

रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइ टीकापुरका आयोजना समन्वयनकर्ता भरतप्रसाद कँडेलका अनुसार यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गर्न लागिएको हो । चैते धानखेती गर्ने कृषक, निजी फार्म, समूह तथा सहकारीका लागि आवेदन माग गरिएको उनले बताए ।

लोक कल्याणकारी विज्ञापन

कँडेलले ५० प्रतिशत अनुदान सहयोगमा चैते धानखेती गर्ने किसानले न्यूनतम क्षेत्रफल पाँच कठ्ठामा खेती गर्नुपर्ने मापदण्डा तोकिएको जानकारी दिए । एकाइले यस वर्ष चैते धानखेतीका लागि आवेदन दिएका किसानमध्ये यसअघि सहयोग नपाएकालाई प्राथमिकता दिने जनाएको छ ।

बिज्ञापन

उक्त आयोजनाको कार्यक्षेत्र रहेका चार नगरपालिका र तीन गाउँपालिका गरी सात स्थानीय तहमा खेती विस्तारका लागि यस वर्ष रु २५ लाख बजेट विनियोजन गरिएको आयोजना समन्वयकर्ता कँडेलले जानकारी दिनभयो । किसानलाई ५० प्रतिशत अनुदानमा आयोजनाले यन्त्र तथा आवश्यक उपकरण, बीउ, विषादीलगायत अन्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा एक हजार ५०० हेक्टरमा खेती गरिएकामा आठ हजार १०० मेट्रिकटन चैते धान उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकारी दुर्गा ओझाका अनुसार सबैभन्दा जिल्लाका डुबान प्रभावित हुने क्षेत्र भजनी, जोशीपुर, कैलारीलगायत अन्य क्षेत्रका किसानले चैत धानखेती गर्दै आएका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन