राजनीति

रिहाइपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जिल्ला अदालत रुपन्देहीबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले आफूले न्याय पाइनसकेको बताएका छन् ।

रिहाइ लगत्तै समर्थकहरूलाई संक्षिप्त सम्बोधन गर्दै उनले आफूलाई अनवरत साथ र समर्थन दिएकोमा आभार प्रकट गरे ।

बिज्ञापन

अहिलेका नेताहरूले देशलाई गरिरहेको अन्यायको तुलनामा आफूलाई गरेको अन्याय ठूलो नभएको टिप्पणी उनको छ ।

लामिछानेले भने, ‘यिनीहरूले यो देशलाई जति अन्याय गरेका छन्, त्यसको अगाडि मलाई गरेको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नु छ । हिसाब मिलाएपछि लामो बोलौँला । हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी छ । मैले धेरै बोल्न बाँकी छ । सबैलाई यो माया, साथ विश्वास र अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद छ । मैले धेरै बोल्ने दिन आउँदै छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।