मनोरञ्न

प्रकाश सपुत र मेलिना राईको स्वरमा ‘मिरमिरे’को शीर्ष गीत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । माघ १ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपुत स्वयंको छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा–युवतीबीचको प्रेम छ । एकले अर्कोलाई देखेपछिको आकर्षण छ ।

लोक कल्याणकारी विज्ञापन

सुन्दरतामा मोहित भएपछिको कथा गीत र भिडियोमा उल्लेख छ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु हुनुहन्छ । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम छ ।

लोक कल्याणकारी विज्ञापन

यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायत कलाकारको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर हुनुहुन्छ ।

बिज्ञापन

यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहनुभएका चलचित्र वितरक रोहित कट्टेल रहनुभएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन