राजनीति

एलिजा गौतम बनिन् जनादेश पार्टीको उपाध्यक्ष

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । अभिनेत्री एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् ।

आज (बुधवार) उनी उपाध्यक्षको रूपमा उक्त पार्टीमा प्रवेश गरेकी हुन् ।

बिज्ञापन

पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनलाई सो स्थान दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर पोस्ट गर्दै अभिनेत्री गौतमले लेखिन ‘म लाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

 अभिनेत्री गौतमका अनुसार पार्टीमा उनका एजेन्डाहरू निम्नानुसारका रहेका छन्:

  • देशमा विकास गराउन पहल गर्ने र नेपाललाई सम्पन्न तथा समृद्ध बनाउने,
  •  भ्रष्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गर्ने,
  • देशमा सुशासन ल्याउने र जनताको काम समयमै हुने वातावरण सृजना गर्ने,
  • भूँई मान्छेको एजेन्डा बोकेर अघि बढ्ने,
  • देशका जनताको पक्षमा काम गर्ने,
  • व्यक्तिगत स्वार्थ छोडेर राष्ट्रको हितलाई सर्वोपरि राखेर अघि बढ्ने,
  • पीडितको पक्षमा उभिने र अन्यायमा परेको मानिसलाई न्याय दिने,
  • महिला सशक्तीकरणका लागि निरन्तर काम गर्ने,
  • मजदुरको लागि काम गर्ने,
  • र, म पार्टीलाई सबल र जनप्रिय बनाउन कुनै कसर बाँकी राख्दिन ।
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।