गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल भएका हुन् । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी स्वेच्छिक अवकाश लिएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित भएका छन् ।
विसं २०७९ मा ४० किलो गड्यौला कपिलवस्तुबाट ल्याएर व्यावसायिक पालन सुरु गर्नुभएका उहाँले जिल्लास्थित कृषि ज्ञान केन्द्र घोराहीले आर्थिक वर्ष २०७९र८० सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भट्टे सहकारी संस्थालाई तरकारीखेती गर्नका लागि बजेट प्राप्त भएपछि अर्गानिक उत्पादनको मार्ग खोज्न थालेको बताए ।

“माटोमा सुधार ल्याउन र नागरिकलाई अर्गानिक खेतीमा आकर्षित गराउन प्राङ्गारिक मलको खोजी गर्न थाल्यौँ । जिल्लामा त्यास्तो प्रयोग कतै नभेटिएपछि कपिलवस्तुबाट तीन हजार क्विन्टल गड्यौलाको मल ल्याएर तरकारीखेती सुरु गर्यौँ”, वलीले भने, “यसरी खेती गर्दा उत्पादन राम्रो भयो अनि आफू पनि गड्यौलापालनतर्फ आकर्षित भएको हुँ ।”
अहिले वार्षिक रूपमा सात सय क्विन्टल मल र १२–१३ क्विन्टलसम्म गड्यौला बिक्री भइरहेको वलीले जानकारी दिए । उनका अनुसार अनुसार मल प्रतिक्विन्टल रु तीन हजार र गड्यौला प्रतिकिलो रु एक हजार २५० का दरले बिक्री भएरहेको छ ।
गड्यौला दाङ, रुकुम, रोल्पा, प्यूठान, कैलालीलगायत जिल्लामा जाने गरेको जनाउँदै वलीले मल विशेष गरी सल्यानको कोटमौलामा सुन्तलाखेतीका लागि जाने गरेको बताए । “जिल्लामा पनि यसको माग बढेको छ, तर पु¥याउन सकिरहेको छैन्”, उनले भने । उनका अनुसार अहिले दुई जना स्थानीयले नियमित रोजगारी पाएका छन् भने खेतीको याममा २५ जनासममले रोजगारीको अवसर पाउने गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
