मनोरञ्न

चालिस वर्षीय पुनम कलि बनिन् यो वर्षको ‘मिस हात्ती’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । हात्ती सुन्दरी प्रतियोगितामा २५० अंक सहित ४० वर्ष कि पुनम कलिले उपाधि जितेकी छन् । उपाधिसँगै उनले १५ हजार नगद पुरस्कार समेत जितेकी छन् ।

पौष ११ गतेदेखि सौराहामा क्षेत्रीय होटेल संघ चितवनको आयोजनामा १९ औँ हात्ती तथा पर्यटन महोत्सव २०८२ भएको हो ।

बिज्ञापन

हात्ती तथा पर्यटन महोत्सव २०८२ को आज दोस्रो दिन हो ।

पाँच वटा हात्तीहरू पुनम कलि (४० वर्ष), सेल्फी कलि (२० वर्ष), चक्पा कलि (३५ वर्ष), पूजा कलि (४० वर्ष) र समृद्धि कलि (२६ वर्ष) सहभागी प्रतियोगितामा २५० अंक सहित पुनम कलि उपाधि जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा सहभागी पाँच हात्तीहरू, समृद्धि कलिले २१६ अंक, पूजा कलिले २०९ अंक, चम्पा कलिले २२४ अंक, सेल्फी कलिले २३५ र पुनम कलिले २५० अंक प्राप्त गरेकी छन् ।

प्रतियोगितामा २३५ अंक सहित फर्स्ट रनरअप बनेकी सेल्फी कलि र २२४ अंक सहित सेकेन्ड रनरअप बनेकी चम्पा कलिले क्रमशः नगद १० हजार र ५ हजार नगद प्राप्त गरेकी छन् ।

प्रतियोगितामा हात्तीको सजावट, हिँडाई, स्वास्थ्य अवस्था, आज्ञाकारिता जस्ता विषयमा आधारित भएर नम्बर प्रदान गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।