अनौठो

खोटाङमा भेटियो सङ्कटापन्न सूचीमा रहेको कालोसालक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खोटाङ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामरा ट्र्यापिङमार्फत कालोसालकको बसोबास रहेको प्रमाणित गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामरा ट्र्यापिङमार्फत कालोसालकको बसोबास रहेको पुष्टि भएको हो । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ ।

बिज्ञापन

एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका सङ्कट नजिकका र १० प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्बिर कैद गरिएको छ । त्यसमध्ये कालोसालक फेला पर्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्र ९एनसीएससी०का कार्यकारी निर्देशक जीवन राईले बताउनुभएको छ ।

अध्ययनका क्रममा अतिसङ्कटापन्न अवस्थाका कालोसालकसहित संवेदनशील अवस्थाका चितुवा, थार र ध्वाँसे चितुवा, सङ्कट नजिक पुगेको आसामी बाँदर र घोरल तथा कम चासोका रतुवा मृग, गँगटे न्याउरीमुसा, ढेंडु (लङ्गुर), सानो सुँगुरे भालु, ठूलो निरबिरालो, चरी बाघ, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रोको बासोबास रहेको प्रमाणित भएको जनाइएको छ । स्थानीय वन्यजन्तुको अवस्था पहिचान र अभिलेख राख्दै यस क्षेत्रको जैविक विविधताको महत्वलाई उजागर गर्नका लागि क्यामेरा ट्र्यापिङ गरिएको कार्यकारी निर्देशक राईले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।