अभिनेत्री बेनिशा हमाल निर्मित चलचित्र ‘द ब्ल्यू लाइट’ को ‘कुन हावाले’ सार्वजनिक

काठमाडौं । अभिनेत्री बेनिशा हमाल निर्मित चलचित्र ‘द ब्ल्यू लाइट’ को ‘कुन हावाले’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज ‘मौरी पिक्चर्स’ बाट चलचित्रको यो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर छ । गीतले वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा, पीडा र छटपटी भन्छ। चोखो प्रेमको गहिराइमा रहने र त्यसको महत्व नबुझ्नेबीचको अन्तरको मर्मस्पर्शी कथा गीतले बोकेको छ ।

गीतको भिडियोमा आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ फिचर्ड छन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’ मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान जोशी, सृष्टि श्रेष्ठसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माले अभिनय गरेका छन्।
माघ १६ गतेबाट रिलिज हुने यो चलचित्रलाई बलिराम चौहानको निर्देशन गरेका हुन। स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’ को-प्रोडुसरमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
