थारू बहुल क्षेत्रमै खुम्चियो थारूको प्रतिनिधित्व

२५ फागुन, नेपालगन्ज । थारु बहुल पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङबाट थारू समुदायको प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको प्रतिनिधित्व ५० प्रतिशत खुम्चिएको छ ।
२१ फागुनको निर्वाचनमा थारू बहुल जिल्लाका १६ वटा निर्वाचन क्षेत्रमध्ये थारू उम्मेदवारले दुई वटा क्षेत्र मात्रै जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बर्दिया क्षेत्र नं १ बाट ठाकुरसिंह थारू र बाँके क्षेत्र नं १ बाट सुरेशकुमार चौधरी मात्र निर्वाचित भए ।

जबकी २०७९ को आम निर्वाचनमा थारू समुदायका उम्मेदवारहरूले कैलालीमा दुई तथा बर्दिया र दाङमा एक–एक क्षेत्रमा जितेका थिए ।
गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट कैलाली–१ मा रञ्जिता श्रेष्ठ चौधरी र कैलाली–२ मा गंगाराम चौधरीले जितेका थिए । बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका लालवीर चौधरीपछि नाउपामा प्रवेश गरेका थिए ।
दाङ क्षेत्र नं १ मा गठबन्धनको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
