राजनीति

मोदीलाई नेपाली भाषामा जवाफ दिँदै के भने बालेनले ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालबाट दिएको शुभकामना सन्देशमा रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेनले जवाफ दिएका छन् ।

मोदीले अंग्रेजी भाषामा लेखेको स्टाटसमा बालेनले नेपाली भाषामा जवाफ दिएका हुन् ।

बिज्ञापन

बालेनले आफूलाई शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका छन् । नेपाल र भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरुमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन आपसमा सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

साथै लगातार दोस्रोपटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार र भारतीय जनतालाई हार्दिक बधाई ज्ञापनसमेत गरेका छन् ।

मोदीले बालेन र रास्वपा सभापति रवि लामिछानेलाई फाेन गरेर आम निर्वाचनमा जित हासिल गरेकोप्रति बधाइ दिएकाे भन्दै आफ्नो फेसबुक र एक्स पेजमा  हिजाे एक पाेस्ट गरेका थिए । रविले हिजै राति उनकाे एक्स खाताबाट जवाफ दिएा थिए । बालेनले भने आज फेसबुकमा रिप्लाइ गरेका हुन् ।

बालेनकाे रिप्लाइमा हजाराै‌ लाइक र कमेन्टहरु आइरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।