अर्थ

इरान-अमेरिका तनावले विश्व ऊर्जा बजारमा हाहाकार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । इरान र अमेरिकाबीच चर्किएको सैन्य द्वन्द्वले विश्व ऊर्जा बजारमा गम्भीर संकट पैदा गरेको छ । मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय जलमार्गमा भइरहेका लगातारका आक्रमणका कारण विश्वभर तेलको आपूर्ति नराम्ररी प्रभावित भएको छ । हर्मुज जलमार्गमा तेल बोक्ने जहाजहरूमाथि आक्रमण हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलरभन्दा माथि पुगेको छ । विश्व बजारमा तेलको हाहाकार हुन थालेपछि अमेरिकाले बाध्य भएर समुद्री मार्गबाट ढुवानी हुने रुसी तेलमाथिको प्रतिबन्ध एक महिनाका लागि हटाएको छ ।

विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील बिन्दु मानिने हर्मुज जलमार्ग अहिले युद्धको मुख्य तारो बनेको छ । इरान र ओमानबीच रहेको यो साँघुरो समुद्री मार्गबाट साउदी अरेबिया, कुवेत, इराक, कतार र संयुक्त अरब इमिरेट्सजस्ता प्रमुख तेल उत्पादक देशको कच्चा तेल विश्व बजारमा पुग्ने गर्छ । विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै निर्यात हुन्छ । यदि यो जलमार्ग लामो समय अवरुद्ध भयो भने विश्वव्यापी ऊर्जा आपूर्तिमा भयानक संकट उत्पन्न हुने र तेलको मूल्य अझै तीव्र रूपमा बढ्ने विश्लेषकहरूले बताएका छन् ।

बिज्ञापन

इरानले बारम्बार यो जलमार्ग बन्द गर्ने चेतावनी दिँदै आएको थियो । अहिले इरानले प्रतिशोधस्वरूप हर्मुजमा माइन अर्थात् बारुदी सुरुङ बिछ्याउने, तेल ट्यांकरमाथि ड्रोन र मिसाइल आक्रमण गर्ने तथा साना नौकाबाट अवरोध सिर्जना गर्ने रणनीति अपनाएको छ । क्षेत्रीय सहयोगी समूहमार्फत पनि इरानले ऊर्जा आपूर्तिमा अप्रत्यक्ष रूपमा बाधा पुर्‍याइरहेको छ । भर्खरै मात्र खाडी क्षेत्रमा थप तीनवटा मालवाहक जहाज आक्रमणमा परेका छन् भने केही जहाज समुद्रमै अलपत्र परेका छन् । यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो धक्का दिएको छ । तेल आपूर्ति प्रभावित हुँदा विश्वव्यापी रूपमै महँगी बढ्ने र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर अवरोध आउने निश्चित छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।