दिकिला शेर्पा मिस इन्डिया २०२६ मा, सिक्किमको प्रतिनिधित्व गर्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) ले यस वर्षको मिस इन्डिया २०२६ प्रतियोगितामा प्रतिनिधित्व गर्ने भएकी छन् ।
लोक कल्याणकारी विज्ञापन

आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुने मिस इन्डिया २०२६ प्रतियोगितामा दिकिलाले भारतको सिक्किमबाट प्रतिनिधित्व गर्ने भएकी हुन् ।
लोक कल्याणकारी विज्ञापन

मिस इन्डिया अर्गनाइजेसनले हालै इन्स्टाग्राममार्फत विभिन्न राज्यका प्रतिस्पर्धीहरूको सूची सार्वजनिक गरेको छ ।
बिज्ञापन

दिकिला शेर्पा भारतको चर्चित रियालिटी शो स्प्लिट्सभिल्ला बाट चर्चामा आएकी थिइन् ।
यसैबीच, उनले नेपाली फिल्म कुस्तीबाट अभिनय डेब्यू गरेकी छिन्, उनले अभिनय गरेको यस चलचित्र हाल प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ‘कुस्ती’ लाई बुद्धि तामाङले निर्देशन गरेका हुन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

