राजनीति

बादलको तर्क- जनमतको हिसाबले रास्वपा अल्पमतमा छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका संसदीय दलको नेता रामबहादुर थापा बादलले जनमतको हिसाबले रास्वपा सदनमा अल्पमतमा रहेको तर्क गरेका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो तर्क राखेका हुन्।

बिज्ञापन

उनले भने, ‘रास्वपा प्रतिनिधि सभाको अंक गणितको दृष्टिकोणले ऊ बहुमतमा भएपनि जनमतको हिसाबले ऊ अल्पमतमा छ । रास्वपाले ४७ प्रतिशत अर्थात् झन्डै ५१ लाख चानचुन उनीहरूको पक्षमा मत खसेको छ भने प्रतिपक्षकोमा बाँकी मत खसेको छ। प्रतिपक्षको मत हो, त्यो रास्वपा विरुद्धको मत हो। त्यस कारणले प्रतिपक्ष फेरी बहुमतमा छ।’

उनले जनमतको हिसाबले प्रतिपक्ष बहुमतमा रहेको जिकिर गर्दै संसदीय अंक गणितको हिसाबकिताब मात्रै अल्पमतमा रहेको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।