राजनीति

एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरू गरिएको छ । केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउँदै एमालेको ११औँ महाधिवेशन सकिएको साढे ३ महिनामात्र हुँदैछ ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको अविश्वासलाई मुख्य कारण देखाउँदै हस्ताक्षर अभियान थालेका हुन् ।

बिज्ञापन

केन्द्रीय कमिटी सदस्य, जनवर्गीय संगठनका पदाधिकारीसमेतको सहभागितामा थालिएको यो अभियानमा अहिलेसम्म ४४० जनाले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ । अभियानमा सहभागी नेताले पदाधिकारीहरूको पनि साथ रहेको बताए ।

अध्यक्षलाई सम्बोधन गरेर तयार पारिँदै गरेको विशेष महाधिवेशनको मागपत्रमा २०४८ देखि २०८२ सम्मको संसदीय यात्रामा पार्टीले अहिले लज्जास्पद हार व्यहोरेको उल्लेख छ । प्रत्यक्षतर्फ १६५ मध्ये ९ सीटमा खुम्चिनु र समानुपातिकमा पनि उस्तै नतिजा आउनुले पार्टीको कमिटी प्रणाली र वर्तमान नेतृत्वप्रति जनताको अविश्वास देखिएको उनीहरूको भनाइ छ ।

विशेष महाधिवेशनको माग गर्ने पक्षक्षरले काठमाडौं उपत्यकाका १५ मध्ये ११ क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत हुनु र अधिकांश चर्चित र शीर्ष नेताहरू भारी मतान्तरले पराजित हुनु जनताको भावना अनुसार पार्टी नचल्नुको परिणाम भएको निचोड निकालेको छ ।

एमाले इतिहासको संगीन मोडमा आएको भन्दै मौजुदा कुनै कमिटीमा सामान्य समीक्षाले मात्र निकास नदिने एक नेताले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।