बाजुरामा एक बालकको मृत्यु

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा भैँसी चराउन गएका एक जना बालकको मृत्यु भएको छ।
बडीमालिका नगरपालिका–६ कोर्धको मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो। भैँसी चराउन गएका बडुवालले भैँसीको पुच्छरमा डोरी बाँधेर आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्न खोज्दा बालकको टाउको ढुङ्गामा लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए। उनका अनुसार मृतक बालकका आमाबुबा रोजगारीको सिलसिलामा भारतको मुम्बइमा छन्। यसैबीच, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले घटनाका बारेमा हालसम्म प्रहरीमा कुनै जानकारी नआएको बताए।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
