टीकापुर

टीकापुरमा अतिक्रमण हटाउन डोजर अभियान सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली: कैलालीको टीकापुर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती तथा संरचना हटाउन डोजर अभियान सुरु गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार नगर क्षेत्रमा रहेका अतिक्रमित जमिन खाली गराउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याइएको हो।

आज टीकापुर नगरपालिका–१ को जमरा पुल क्षेत्रदेखि बसपार्कसम्म अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम भइरहेको उनले जानकारी दिए। नगरका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरी संरचना बनाइएको पाइएको छ।

बिज्ञापन

यससँगै, अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडास्तरमै तथ्यांक संकलनको कामसमेत अघि बढाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।