स्वास्थ्य

जनकपुरधाममा १२७ जनाले गरे रक्तदान, मानव एकताको सन्देश प्रवाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नकपुर, १२ वैशाख । मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल नेपाल, शाखा जनकपुरधामद्वारा आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनकचोकस्थित जनक मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा १२७ जनाले रक्तदान गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

रक्तदातामध्ये २७ जना महिला र १०० जना पुरुष रहेका थिए । “रक्त नालीमा होइन, नाडीमा बगाऔँ” भन्ने मानवीय सन्देशसहित आयोजित कार्यक्रमले मानव सेवा, आध्यात्मिकता र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा जनपुर क्षेत्रका प्रमुख अध्यक्ष बेचु रजकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभामुख राम अशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

बिज्ञापन

प्रमुख अतिथि यादवले रक्तदान जीवनदानको महान कार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा मानवता, सहकार्य र सेवाभावको भावना अभिवृद्धि गर्ने बताए । उनले सन्त निरंकारी मण्डलले आध्यात्मिक चेतनासँगै सामाजिक सेवाका क्षेत्रमा निरन्तर उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै मानव एकता दिवसको सन्देशलाई व्यवहारमा उतार्न यस्ता अभियान प्रभावकारी हुने धारणा व्यक्त गरे ।

उनले रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदानजस्ता कार्यक्रम अझ व्यापक रूपमा सञ्चालन हुनुपर्ने बताए । साथै, मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजलाई एकता, सद्भाव र सेवाको मार्गमा अघि बढाउन सबैलाई आह्वान गरे ।

कार्यक्रमका अध्यक्ष बेचु रजकले सन्त निरंकारी मण्डलले आध्यात्मिकता र मानव सेवालाई सँगसँगै अघि बढाउँदै आएको उल्लेख गर्दै मानव एकता दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम समाजप्रति उत्तरदायित्वको प्रतिक भएको बताए । उनले “मानव सेवा नै साँचो भक्ति हो” भन्ने भावनासहित आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सन्त निरंकारी मण्डलका पदाधिकारी, स्थानीय समाजसेवी, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार कार्यक्रमले जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव, मानवीय एकता र सेवाभावलाई थप सुदृढ बनाएको छ ।

त्यस्तै प्रकार झापामा पनि रक्तदान शिविरको आयोजना गरेर २६ पुरुष र १४ महिला गरि जम्मा ४० पिन्ट रगत संकलन गरिएको भद्रपुर झापाका सत्संग भवनका मुखी लक्की राईले बताउनुभयो छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन