राजनीति

ढोल बजाएर हुँदैन, सीमा विवाद संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कुटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् ।

शुक्रवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

बिज्ञापन

उनले सीमा समस्या समाधान ढोल बजाएजसरी हल्ला गरेर समाधान नहुने भन्दै उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने बताए । ‘कुनैपनि कुराहरु दुई देशको कुटनीतिक च्यानलमार्फत गराउने कुरा एकदमै महत्वपूर्ण हुन्छन् । त्यो विषयमा हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन । तर ढोल नबजाइकन आफ्नो देशको बारेमा गर्ने कुराहरु गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा सरलवद्ध तरिकाले गर्नुपर्ने हुन्छ’ उनले भने ।

उनले उपयुक्त समयमा कुटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारत समेत तयार रहेको बताए ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको उल्लेख गर्दै त्यही नै सरकारको आधिकारिक धारणा रहेको बताए । ‘कुनैपनि कामका चरणहरु हुन्छन् । त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ । त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ’ उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।