रोल्पाका २१ वर्षीय सुरेन्द्र वलीको जापानमा निधन

नेपालगञ्ज । वली अध्ययनका लागि केही समयअघि जापान पुगेका थिए। उनी त्यहाँ जापानी भाषा अध्ययन गरिरहेका बेला अचानक निधन भएको बताइएको छ। उनको निधनको वास्तविक कारण भने चिकित्सकीय परीक्षण (पोस्टमार्टम) प्रतिवेदन आएपछि मात्रै खुल्ने जनाइएको छ।
अध्ययनका लागि जापान पुगेका रोल्पाका २१ वर्षीय सुरेन्द्र वलीको निधन भएको छ। रोल्पाको गंगादेव गाउँपालिका–६ निवासी वलीको शनिबार राति जापानको चिबामा निधन भएको जानकारी प्राप्त भएको हो।

वली अध्ययनका लागि केही समयअघि जापान पुगेका थिए। उनी त्यहाँ जापानी भाषा अध्ययन गरिरहेका बेला अचानक निधन भएको बताइएको छ। उनको निधनको वास्तविक कारण भने चिकित्सकीय परीक्षण (पोस्टमार्टम) प्रतिवेदन आएपछि मात्रै खुल्ने जनाइएको छ।
सुरेन्द्रको असामयिक निधनपछि परिवार शोकमा डुबेको छ। परिवारले नेपाली परम्पराअनुसार अन्तिम संस्कार गर्न उनको शव यथाशीघ्र स्वदेश ल्याइदिन सम्बन्धित निकाय तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ।
तीन दाजुभाइमध्ये माइला रहेका सुरेन्द्रका दुई दाजु हाल वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका छन्। उच्च शिक्षा हासिल गर्दै उज्ज्वल भविष्य निर्माण गर्ने सपना बोकेर जापान पुगेका सुरेन्द्रको असामयिक निधनले परिवार मात्र होइन, गृहजिल्ला रोल्पासहित जापानस्थित नेपाली समुदायलाई पनि स्तब्ध बनाएको छ।
उनको निधनप्रति आफन्त, शुभेच्छुक तथा जापानस्थित नेपाली समुदायले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
