घटना

९०० मिटर अग्लो भीरबाट खसेका ३ वर्षीय बालक ४ घण्टापछि सकुशल उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बागलुङ — बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–८ रणसिंहमा करिब ३ वर्षीय बालक संयोग बि.क. झण्डै ९०० मिटर अग्लो भीरबाट खसेर बीचमा रहेको सानो झ्याङमा अड्किएपछि करिब ४ घण्टापछि सकुशल उद्धार गरिएको छ।

स्थानीयका अनुसार खेल्ने क्रममा बालक भीरबाट लडेर तल खसेका थिए। खसेपछि उनी भीरको बीच भागमा रहेको सानो झ्याङमा अड्किएका कारण थप तल खस्नबाट जोगिएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीयवासी, भीर चढ्न दक्ष भीराले तथा सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको थियो।

बिज्ञापन

उद्धार कार्य निकै जोखिमपूर्ण बनेको थियो। भीर अत्यन्तै अग्लो, भिरालो र कठिन भू–भाग भएकाले उद्धार टोलीले डोरी तथा अन्य सुरक्षा सामग्रीको प्रयोग गर्दै सावधानीपूर्वक उद्धार अभियान सञ्चालन गरेको थियो। करिब चार घण्टाको निरन्तर प्रयासपछि बालकलाई सकुशल बाहिर निकाल्न सफल भएको उद्धारमा संलग्न टोलीले जनाएको छ।

उद्धारपछि बालकको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो। भीरबाट खसे पनि झ्याङमा अड्किएका कारण उनी ठूलो मानवीय क्षतिबाट जोगिएको बताइएको छ। आवश्यक थप उपचार तथा स्वास्थ्य अवस्थाको निगरानीका लागि उनलाई स्वास्थ्य संस्थामा लगिएको जानकारी प्राप्त भएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।