मोबाइल लिन पसल पुगेकी १८ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको आरोप, एक जना पक्राउ

झापा । झापाको बिर्तामोडस्थित एक मोबाइल पसलमा १८ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिर्तामोडस्थित उक्त मोबाइल पसलमा कार्यरत ३६ वर्षीय बिगेन्द्र शेर्पा रहेका छन्। उनीमाथि शुक्रबार राति पसलभित्र युवतीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती युवती दुई दिनअघि मर्मतका लागि छोडेका आफ्ना दुईवटा मोबाइल लिन शुक्रबार राति करिब ९ बजे पसलमा पुगेकी थिइन्। सोही क्रममा पसलभित्र रहेका शेर्पाले उनीमाथि जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ।
घटनापछि पीडित युवतीले सोही राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा पुगेर घटनाबारे जानकारी गराएकी थिइन्। उजुरी प्राप्त हुनासाथ प्रहरीले तत्कालै शेर्पालाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको छ भने हाल उनलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
