अवर्गीकृत

नेपाली मजदुरलाई बन्धक बनाएर काम गराएको घटनामा उत्तर प्रदेश सरकारलाई मानवअधिकार आयोगको नोटिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँ दिल्ली । भारतमा नेपालीसहित अन्य मजदुरलाई बन्धक बनाएर जबर्जस्ती काम गराएको घटनाप्रति भारतको राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर चासो व्यक्त गर्दै उत्तर प्रदेश सरकारलाई नोटिस जारी गरेको छ।

लोक कल्याणकारी विज्ञापन

आयोगले घटनाबारे विस्तृत प्रतिवेदन पेश गर्न उत्तर प्रदेश सरकार तथा सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ। आयोगले मजदुरहरूलाई बन्धक बनाएर जबर्जस्ती श्रम गराइएको भन्ने विषय मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन

आयोगले पीडितहरूको उद्धार, सुरक्षा, स्वास्थ्य अवस्था तथा दोषीमाथि कानुनी कारबाहीको प्रगतिबारे जानकारी उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ।

बिज्ञापन

घटनाबारे थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन