राजनीति

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति सुहाङ नेमाङको आपत्ति, तथ्यमा आधारित बहस गर्न आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ५ साउन । प्रतिनिधिसभा सदस्य सुहाङ नेमाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले दिएको अपमानजनक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

नेमाङले तथ्य र प्रमाणबिना कुनै व्यक्ति वा राजनीतिक दललाई होच्याउने शैली स्वच्छ लोकतान्त्रिक संस्कृतिसँग मेल नखाने बताएका छन्। उनले असहमति स्वाभाविक भए पनि मर्यादा र तथ्यका आधारमा बहस गर्नुपर्नेमा जोड दिएका छन्।

बिज्ञापन

उनले दुई तिहाइ जनमतको सम्मान गर्नुपर्ने उल्लेख गर्दै नयाँ पुस्ताले अपेक्षा गरेको परिवर्तन सफल बनाउन सबै राजनीतिक दल र सरोकारवालाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

नेमाङले परिवर्तनको प्रयास असफल हुने छुट कसैलाई नभएको उल्लेख गर्दै यदि यस्तो प्रयास असफल भए त्यसको मूल्य सम्पूर्ण देशले चुकाउनुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।