घटना

कञ्चनपुरमा सहकारी संस्थाकी व्यवस्थापक गोदामभित्र मृत फेला, अनुसन्धान जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर, ५ साउन । कञ्चनपुरमा एक सहकारी संस्थाकी व्यवस्थापक संस्थाकै गोदामभित्र मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरीका अनुसार मृतक पुनर्वास नगरपालिका–८, क गाउँ निवासी तथा पृथ्वीवस्ती बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक माधवी आचार्य हुन्।

बिज्ञापन

आचार्य सहकारी संस्थाकै गोदाममा मृत अवस्थामा फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धानसम्बन्धी प्रारम्भिक प्रक्रिया पूरा गरेको जनाएको छ।

प्रहरीका अनुसार शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।