घटना

कैलालीमा सर्पदंशबाट २९ वर्षीय युवकको ज्यान गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, ११ साउन । कैलालीमा सर्पदंशका कारण एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–५ जबदहवाका २९ वर्षीय हेमन्त चौधरीलाई आइतबार राति आफ्नै खेतमा काम गरिरहेका बेला सर्पले टोकेको थियो।

बिज्ञापन

सर्पले टोकेपछि उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याइएको थियो। तर उपचारकै क्रममा राति करिब १०ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।

प्रहरीका अनुसार घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परिवारको जिम्मा लगाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।