आस्था /आध्यात्म

भारतको मुम्बई वा नवी मुम्बईमा पशुपतिनाथ मन्दिर निर्माण गर्ने अभियान सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, २७ जुलाई । भारतको आर्थिक राजधानी मुम्बई वा नवी मुम्बई क्षेत्रमा भगवान् पशुपतिनाथको मन्दिर निर्माण गर्ने उद्देश्यसहित पशुपतिनाथ एकता सामाजिक संस्था, नवी मुम्बई ले अभियान अघि बढाउने घोषणा गरेको छ।

लोक कल्याणकारी विज्ञापन

संस्थाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि पदम पाण्डेसहित विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले मन्दिर निर्माणको अभियानलाई सफल बनाउन सबै नेपाली समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

लोक कल्याणकारी विज्ञापन

उपस्थित अतिथिहरूले सामूहिक प्रयासबाट मुम्बई वा नवी मुम्बईमा पशुपतिनाथ मन्दिर निर्माण गर्ने लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन

कार्यक्रममा मन्दिर निर्माणका लागि उपयुक्त जग्गा यथाशीघ्र उपलब्ध गराउने दिशामा समिति सक्रियतापूर्वक अघि बढ्ने निर्णयसमेत गरिएको छ। यस अभियानलाई धार्मिक तथा सांस्कृतिक पहिचानसँगै भारतमा रहेका नेपाली समुदायको एकताको प्रतीकका रूपमा अगाडि बढाइने संस्थाले जनाएको छ।

कार्यक्रम अन्त्यमा समितिले सबैको सहयोग र सहभागितामार्फत मन्दिर निर्माणको सपना साकार पार्ने प्रतिबद्धता दोहोर्‍याउँदै आगामी कार्ययोजनालाई तीव्र रूपमा अघि बढाइने जानकारी दिएको थियो।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन