घटना

पोखरामा बालिकालाई यौन शोषणमा बाध्य बनाएको आरोपमा चार महिला पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा। कास्कीको पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा आर्थिक प्रलोभन देखाएर एक बालिकालाई यौन शोषणमा बाध्य बनाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा बालिकाको उद्धार गर्नुका साथै थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन १४ गते साँझ करिब ६ बजे प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर भएकी बालिकालाई राम्रो कमाइ हुने प्रलोभन देखाई होटलमा बोलाउने, त्यहाँ आउने पुरुषसँग रकम लिएर जबर्जस्ती रात बिताउन तथा यौनजन्य गतिविधिमा संलग्न गराउने गरेको खुलेको हो।

लोक कल्याणकारी विज्ञापन

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पोखरा–१८ निवासी ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङलाई पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

पक्राउ परेका चारै जनामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

उद्धार गरिएकी बालिकालाई आवश्यक संरक्षण, मनोसामाजिक सहयोग तथा थप कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन