घटना

चितुवाको आक्रमणमा कृषकका १० बाख्रा/बोका क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्याङ्जा, २० साउन । स्याङ्जाको गल्याङ नगरपालिका–५, रुपखानीमा चितुवाको आक्रमणबाट स्थानीय कृषकका १० वटा बाख्रा/बोका क्षति भएका छन्। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने क्रम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

प्रहरीका अनुसार चितुवाले आक्रमण गर्दा ९ वटा बाख्रा/बोका घटनास्थलमै मरेका छन् भने एउटा चितुवाले लगेको छ। क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जयपतेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्नुका साथै स्थानीयसँग बुझ्ने र क्षतिको विवरण संकलन गर्ने काम गरिरहेको जनाएको छ।

यस घटनाले वन क्षेत्र नजिकका बस्तीमा बसोबास गर्ने नागरिकमा थप त्रास फैलाएको छ। पछिल्ला वर्षहरूमा चितुवा मानव बस्तीमा पसेर चौपाया तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने घटना बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग प्रभावकारी नियन्त्रण र सुरक्षा उपाय अपनाउन माग गरेका छन्।

स्थानीयवासीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन, आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा पीडित कृषकलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। प्रहरीले पनि घटनाबारे डिभिजन वन कार्यालयसहित सम्बन्धित निकायसँग समन्वय गरेर थप प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।