भारतबाट साइकलमा युरिया मल नेपाल ल्याउँदै गरेका तीन नेपाली महिला एसएसबीद्वारा नियन्त्रणमा

खीरी — भारतको उत्तर प्रदेशस्थित खीरी जिल्लाको सम्पूर्णनगर क्षेत्रमा भारतबाट नेपालतर्फ साइकलमा युरिया मल ल्याइरहेका तीन जना नेपाली महिलालाई सशस्त्र सीमा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ।
एसएसबीका अनुसार ती महिलालाई युरिया मल र उनीहरूले प्रयोग गरिरहेका साइकलसहित नियन्त्रणमा लिइएको हो। नियन्त्रणपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन उनीहरूलाई पलिया भन्सार विभागको जिम्मा लगाइएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन्। यद्यपि, नियन्त्रणमा परेका तीनै नेपाली महिलाको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन।
सीमावर्ती क्षेत्रमा मल लगायतका कृषि सामग्रीको अवैध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायले पछिल्लो समय निगरानी कडा बनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
