टीकापुर

वन संरक्षणमा युवाको भूमिका सुदृढ गर्न टीकापुरमा एकदिने अन्तरक्रिया सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २ साउन । कैलालीको टीकापुर नगरपालिका–२ स्थित चारवटा सामुदायिक वनको संयुक्त आयोजनामा ‘सामुदायिक वनमा युवाहरूको सहभागिता’ विषयक एकदिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

श्री खोटेना भुराखानी, रानी कर्णाली, शीतल र जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा जनशक्ति सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी संघीय सचिवालय सदस्य निशा धामी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, सब–डिभिजन वन कार्यालय टीकापुरका वन रक्षक विनोद चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

कार्यक्रममा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन तथा वन क्षेत्रको विकासमा युवाको सक्रिय सहभागिताको आवश्यकता, नेतृत्व विकास, वातावरण संरक्षण र आगामी पुस्ताको भूमिकाबारे छलफल गरिएको आयोजकले जनाएको छ।

वन दिवस २०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले सामुदायिक वन संरक्षण तथा युवालाई वन व्यवस्थापनमा थप सक्रिय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको संयोजन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य दीर्घ बहादुर तिरुवालाई सहभागीहरूले विशेष धन्यवाद व्यक्त गरेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।