जोशीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको पालिकास्तरीय भेला सम्पन्न, संगठन सुदृढीकरणमा जोड

कैलाली, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जोशीपुर गाउँपालिका स्तरीय भेला तथा प्रदेश सभापतिसँगको अन्तरक्रिया कार्यक्रम हिजो उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्ट प्रमुख वक्ताका रूपमा सहभागी हुँदै पार्टीको मूल उद्देश्य, सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसेवालाई केन्द्रमा राखेर संगठनलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई जनतासँग प्रत्यक्ष जोडिएर जिम्मेवार र सक्रिय ढंगले काम गर्न आग्रह गर्दै संगठन विस्तार र जनविश्वास कायम राख्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीका गतिविधि प्रभावकारी बनाउने विषय तथा समसामयिक राजनीतिक मुद्दाबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा पालिकास्तरीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको र आगामी दिनमा पार्टीका गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको इन्जिनियर प्रकाश बिष्टको सचिवालयले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.