देउवा साउन २६ गते स्वदेश फर्किने तयारी, अन्तिम मिति भने अझै टुंगो लागेन

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङ भ्रमण सकेर साउन २६ गते स्वदेश फर्किने तयारीमा रहेका छन्। यद्यपि, फर्किने मिति भने औपचारिक रूपमा अन्तिम टुंगो लागिसकेको छैन।
देउवानिकट नेता डा. प्रकाशशरण महत ले देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको जानकारी दिएका छन्।
“उहाँ २६ गते राति ९:४५ बजे आइपुग्नुहुन्छ,” महतले बताएका छन्।
तर देउवाका स्वकीय सचिव भानु देउवा ले भने फर्किने मितिबारे अन्तिम निर्णय भइनसकेको बताएका छन्। उनका अनुसार देउवा साउन २६ वा २८ गते नेपाल फर्किन सक्ने सम्भावना रहे पनि मिति अझै निश्चित भइसकेको छैन।
उपचार तथा स्वास्थ्य परीक्षणका सिलसिलामा विदेशमा रहेका देउवा केही समयदेखि हङकङमा छन्। उहाँको स्वास्थ्य अवस्थाबारे सार्वजनिक रूपमा विस्तृत जानकारी भने दिइएको छैन।
देउवा स्वदेश फर्किएपछि नेपाली कांग्रेसका आन्तरिक गतिविधि तथा समसामयिक राजनीतिक भेटघाटमा सक्रिय हुने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
