ट्रकको ठक्करबाट बर्दगोरियामा स्कुटर चालक महिलाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
लोक कल्याणकारी विज्ञापन

बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुल नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्थानीय साबित्रा सापकोटाको मृत्यु भएको हो।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तयार गर्नुका साथै अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
बिज्ञापन

दुर्घटनामा संलग्न ट्रक र चालकको पहिचान तथा दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन


You must be logged in to post a comment.