घटना

लिची खान बोलाएर १० वर्षीया बालिकामाथि जबरजस्ती करणी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पाल्पा , ७ भाद्र । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो बालिकालाई आफ्नो घरमा लिची खान बोलाएर जबरजस्ती करणी गरेको आरोपमा किशोरविरुद्ध किटानी जाहेरी परेको थियो। पीडित बालिकाले दिएको किटानी जाहेरीपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

घटनासम्बन्धी लिखित किटानी जाहेरी भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको थियो। जाहेरी प्राप्त भएपछि प्रहरीले इन्सपेक्टरको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरी घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

बिज्ञापन

अनुसन्धानका क्रममा प्रहरीले आरोपित किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।

पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले बालबालिकामाथि हुने यस्ता घटनामा पीडितको सुरक्षा र गोपनीयतालाई प्राथमिकतामा राख्दै अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन