टीकापुर

मालिका देवी कृपा फाउन्डेसनको तेस्रो वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण र रक्तदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ८ भाद्र । मालिका देवी कृपा फाउन्डेसन, टीकापुरको तेस्रो वार्षिकोत्सव विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमसहित सम्पन्न भएको छ। वार्षिकोत्सवका अवसरमा विभिन्न पालिकाका विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुका साथै रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको हो।

कार्यक्रममा विभिन्न पालिकाका विद्यालयमा अध्ययनरत बालबालिकालाई जनही करिब ५ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरिएको थियो। आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

त्यस्तै, वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले फाउन्डेसनले विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीसहित विभिन्न क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, उद्योगी, शिक्षाप्रेमी तथा अन्य गन्यमान्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो। अतिथिहरूले फाउन्डेसनले शिक्षा र सामाजिक सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा फाउन्डेसनका संस्थापक एवं टीकापुरका प्रतिष्ठित उद्योगी तथा समाजसेवी टिकाराम जैसीलाई संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा पुर्‍याएको योगदानप्रति हार्दिक आभार व्यक्त गरिएको थियो।

फाउन्डेसनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।