बाढी आउनुभन्दा १० सेकेन्डअघि सन्तान जोगाइन् आमाले, साहस र मातृत्वको उदाहरण बन्यो घटना

काठमाडौ । विनाशकारी बाढी आउनुभन्दा केही सेकेन्डअघि आफ्ना छोरा–छोरीलाई सुरक्षित स्थानमा पुर्याएर एक आमाले मातृत्वको अद्भुत साहस प्रदर्शन गरेकी छन्।

बाढीको जोखिम देखिएपछि ती आमाले आफ्नो ज्यानको समेत पर्वाह नगरी तत्काल सन्तानलाई बचाउन प्रयास गरेकी थिइन्। बाढी आउनुभन्दा केवल १० सेकेन्डअघि गरिएको उनको निर्णय र प्रयासले छोरा–छोरीको ज्यान जोगिएको बताइएको छ।

आफूभन्दा पहिले सन्तानको सुरक्षालाई प्राथमिकता दिएकी आमाको यो साहस अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। विपद्को त्यो भयावह क्षणमा आमाले देखाएको धैर्य, साहस र ममताले मातृत्वको गहिराइलाई थप उजागर गरेको छ।

विपद्का बेला मानिसहरू आफ्नो ज्यान जोगाउन संघर्ष गरिरहेका हुन्छन्। तर ती आमाले भने आफ्नो सुरक्षाभन्दा सन्तानको जीवनलाई पहिलो प्राथमिकता दिइन्।
यो घटनाले आमाको माया र त्यागको कुनै तुलना हुन नसक्ने सन्देश दिएको छ। आमा केवल जन्म दिने व्यक्ति मात्र होइनन्, संकटको क्षणमा सन्तानका लागि ढाल बनेर उभिने साहसको अर्को नाम पनि हुन्।
त्यसैले त भनिन्छ— आमा भगवानको अर्को रूप हुन्।


