सहयोग तथा उदार

‘आफू कम खान्छु, आउनेलाई दिएकै छु, यो मेरो धर्म हो’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नुवाकोट, १८ भाद्र । आफूले खाने खानामा कटौती गरेर भए पनि घरमा आउनेलाई केही न केही खुवाउनुपर्छ भन्ने मानवीय भावना बोकेका एक व्यक्तिको भनाइ अहिले प्रेरणादायी बनेको छ।

उनले आफ्नो जीवनको सरल सिद्धान्त सुनाउँदै भनेका छन्, “एक माना खाने ठाउँमा आधा माना खान्छु, आधा माना खाने ठाउँमा एक चौथाइ खान्छु, तर आउनेलाई त मैले दिएकै छु, यो मेरो धर्म हो।”

आफूले कम खाएर भए पनि पाहुना तथा आवश्यक परेर आउने व्यक्तिलाई सकेको सहयोग गर्नु आफ्नो कर्तव्य र धर्म भएको उनको भनाइ छ।

उनको यो अभिव्यक्तिले भौतिक सम्पन्नताभन्दा पनि सेवा, त्याग, मानवता र बाँडेर खाने संस्कार ठूलो हुन्छ भन्ने सन्देश दिएको छ।

आफ्नो आवश्यकता घटाएर अरूको आवश्यकता पूरा गर्ने यस्तो सोचले समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना अझ बलियो बनाउन सक्ने देखिन्छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।