सहयोग तथा उदार

भोटेकोशी बाढीपीडितका लागि ओम कृष्ण अस्पताल टीकापुरद्वारा २ लाख ११ हजार सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १८ भाद्र । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि टीकापुरस्थित ओम कृष्ण अस्पतालले रु. २ लाख ११ हजार १११ सहयोग गरेको छ।

लोक कल्याणकारी विज्ञापन

२०८३ भाद्र १० गते आएको बाढीबाट रसुवालगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अस्पताल परिवारले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

लोक कल्याणकारी विज्ञापन

अस्पतालले विपद्मा घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गर्दै आफ्नो सामाजिक दायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ।

बिज्ञापन

अस्पताल परिवारले सहयोग रकम सानो भए पनि बाढीपीडितको दुःख र पीडामा साथ पुग्ने तथा राहतमा केही हदसम्म योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन