टीकापुर

बर्दिया निकुञ्जको सडक जोखिमपूर्ण, तारबार गर्न स्थानीयको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १८ भाद्र । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै जाने सडकमा वन्यजन्तुको आवतजावतका कारण यात्रु तथा सवारीसाधनको सुरक्षामा जोखिम बढेको भन्दै निकुञ्ज क्षेत्रमा प्रभावकारी तारबार गर्नुपर्ने आवाज उठ्न थालेको छ।

निकुञ्ज क्षेत्रको सडकमा यात्रा गर्दा जंगली जनावर अचानक सडकमा आउन सक्ने भएकाले दुर्घटनाको जोखिम रहने स्थानीयको भनाइ छ। विशेषगरी रातिको समयमा वन्यजन्तुको आवतजावत बढी हुने भएकाले यात्रुहरू थप जोखिममा पर्ने गरेका छन्।

स्थानीयका अनुसार सडक आसपास तारबार निर्माण तथा आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गर्न सके वन्यजन्तु सडकमा आउने क्रमलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ। यसबाट वन्यजन्तुको संरक्षणसँगै यात्रु तथा सवारीसाधनको सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा देवकोट बुक्स एण्ड कुरियरका संचालक देव प्रसाद जैशी बताउनुहुन्छ ।

“बर्दिया निकुञ्जको बाटो जोखिमपूर्ण छ। सरकारले निकुञ्ज क्षेत्रमा व्यवस्थित तारबार गरिदिए राम्रो हुन्थ्यो,” स्थानीयको भनाइ छ।

निकुञ्ज क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरूको सुरक्षा र वन्यजन्तु संरक्षणलाई सँगसँगै अघि बढाउन सम्बन्धित निकायले सडक सुरक्षाका उपाय प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।