उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि धक्का
लोक कल्याणकारी विज्ञापन

दार्चुला, २१ असोज । भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

केन्द्रका अनुसार मंगलबार राति १० बजेर ३८ मिनेटमा उत्तराखण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर टाढा रहेको केन्द्रले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी तथा तराईका केही जिल्लामा महसुस गरिएको भए पनि हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
लोक कल्याणकारी विज्ञापन

नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पटक–पटक भूकम्पीय गतिविधि हुने भएकाले स्थानीयलाई सतर्क रहन विज्ञहरूले आग्रह गर्दै आएका छन्।
लोक कल्याणकारी विज्ञापन

