सहयोग तथा उदार

पीडित तारादेवीलाई बसन्ती चौधरीको खाद्यान्न सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी, १७ कात्तिक । कैलालीको भजनी नगरपालिका–१ की पीडित तारादेवी विकलाई भजनी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष बसन्ती चौधरी र उनको परिवारले खाद्यान्न सहयोग गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

आर्थिक तथा दैनिक जीवनयापनको समस्यामा रहेकी विकलाई चौधरी परिवारले खाद्यान्न उपलब्ध गराएको हो । समस्यामा परेकी महिलालाई सहयोग गरेर चौधरी परिवारले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीयस्तरबाट प्रशंसा गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

खाद्यान्न सहयोग पाए पनि विकको स्वच्छ खानेपानीको समस्या भने समाधान हुन सकेको छैन । दैनिक उपभोगका लागि आवश्यक पानीको समेत अभाव हुँदा उनको जीवनयापन थप कठिन बनेको जनाइएको छ ।

बिज्ञापन

उनको खानेपानी समस्या समाधानका लागि सहयोगी मन, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गरिएको छ ।

सानो सहयोगले पनि समस्यामा परेका व्यक्तिको जीवनमा ठूलो राहत पुग्न सक्ने भएकाले मानवीय सेवामा इच्छुक व्यक्ति तथा संस्थालाई सहयोगका लागि अघि आउन आग्रह गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन